एकीकृत समाजवादीको सबै तहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा संगठनका सबै तहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो हुँदै गएको छ । आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाइएका प्रतिवेदनहरूमा निर्वाचित नेतृत्वको पक्षमा मत जाहेर गरिएको छ ।
महाधिवेशनका लागि तयार हुँदै गरेको विधान प्रतिवेदनमा वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचित हुनुपर्ने र पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २० प्रतिशत युवाको सहभागिता गराउने विषयलाई महत्त्व दिइएको सचिव जीवनराम श्रेष्ठले बताएका छन् ।
समाजवादीका सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएका छन् । आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका सङ्गठन सुदृढीकरण तथा सदस्य बिस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएका छन् ।
स्थानीय तहबाट आएका सुझाव र विवरणको विस्तृत अध्ययन गरिएपछि यही वैशाख अन्तिम साताभित्र महाधिवेशन प्रतिनिधि चयन गरिने सो पार्टी जनाएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने छ ।
आगामी महाधिवेशनको तयारी गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी गरिएको छ ।
नेकपा एमालेसँग असहमति बढ्दै गएपछि त्यही पार्टीमा लामो समय महासचिव र अध्यक्ष समेत रहिसकेका नेपालले एकीकृत समाजवादी पार्टीको गठन गरेका हुन् । अहिले यो पार्टी सत्ता गठबन्धनको एक सदस्य दल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण