समाजवादीको बैठक
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
बुधबार, ०५ वैशाख २०८१, २३ : ४२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्याएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
यसअघि महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकामा आन्तरिक तयारी नपुगेकाले असारमा पुर्याएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
‘हामीले हाम्रो दसौँ राष्ट्रिय महाधिवेशनलाई केही दिन पछाडि सारेका छौ’, बैठकको निर्णय सुनाउँदै खतिवडाले भने, ‘२०८० असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने गरी निर्णय गरेका छौँ ।’
एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण