बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एसियन जुडो च्याम्पियनसिपमा सहभागी हुन मनीता हङ्कङ प्रस्थान

बुधबार, ०५ वैशाख २०८१, २० : १८
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ ।  एसियन जुडो च्याम्पियनसिपमा सहभागी हुन मनीता श्रेष्ठ प्रधान बुधबार हङ्कङ प्रस्थान गरेकी छन् । अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मनीताले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् ।

प्रशिक्षकमा देबु थापा तथा व्यवस्थापकमा सुप्रसिद्ध ताम्राकार छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप