१३ सय ३६ मिटर धागोले सजिँदै पाटन सम्पदा क्षेत्र
काठमाडौँ । ललितपुरस्थित पाटन दरबार क्षेत्र १३ सय ३६ मिटर मिटर डोरीले सजिने भएको छ । बिहीबार विश्व सम्पदा दिवसका अवसरमा कलाकार मनिषलाल श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलालाई पाटन दरबार क्षेत्रमा प्रस्तुत गर्न लागेका हुन् ।
समुदाय कला अन्तर्गत ‘हेरिटेज वाक’ मा आफ्नो कलालाई समावेश गर्न लागेको श्रेष्ठले सुनाए । ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेख पाटनढोकाबाट कार्यक्रम सुरु हुने श्रेष्ठले बताए । उनको ‘प्रोजेक्ट १३३६’ कला २०१७ मा नै तयार भएको हो ।
यसभन्दा अघि देश तथा विदेशमा श्रेष्ठले यो कला प्रदर्शन गरिसकेका छन् । काठमाडौँमै माइतीघर, बबरमहलस्थित नेपाल आर्ट काउन्सिल, बौद्धस्थित तारागाउँ म्युजियम र बौद्ध सम्पदा क्षेत्रमा समेत कला प्रदर्शन भइसकेका छन् । उनको कलाले विशेषतः काठमाडौँलाई सम्बोधन गरेको छ ।
‘समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौँलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको श्रेष्ठले सुनाए । उनका अनुसार लामो विविध रङ्गको धागोले काठमाडौँको बहुल समाज, संस्कृति, जाति र समुदायलाई प्रतिनिधित्व गर्छ ।
डोरीकै माध्यममा विविधता एकता र मानवताको अर्थ खोतल्ने प्रयास गरिएको उनले बताए । उनले भने, ‘काठमाडौँमा एक किसिमको एकता पाइन्छ । हामी नचिनेको मानिसहरू एकै ठाउँमा मिलेर बसेका छौँ । हामी एक अर्कामा जोडिएका छौँ भन्ने कुरा मेरो कलाले बताउँछ ।’
चीनको बेइजिङमा समेत उनले पहाडजस्तो माथिबाट लामो डोरीका रूपमा झारेर यो कला प्रदर्शन गरेका थिए । त्यहाँका कलाप्रेमीले समेत कलालाई निकै चाख मानेर अवलोकन गरेको उनले सुनाए ।
ललितपुर क्षेत्रभित्रको मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन र प्रचारका लागि कला प्रदर्शनी गरिएको ललितपुर वाणिज्य संघका कार्यकारी सदस्य तथा पर्यटन संस्कृति तथा सम्पदा संयोजक महेश्वरलाल खाेंसीले सुनाए । ‘हेरिटेज वाक’ मा ललितपुर महानगरपालिका, संघ लगायतका संस्थाले सहकार्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण