बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

इराकमा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै राजेशपायल

बिहीबार, ०६ वैशाख २०८१, ११ : ००
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । केही अगाडि पत्नी सङबुङ राईसँग डिभोर्सको कारणले चर्चामा छाएका गायक राजेश पायल राईले इराकमा प्रस्तुति दिने भएका छन् । विश्वका प्राय: देशमा सांगीतिक कार्यक्रम गरिसकेका राई इराकमा भने पहिलोपटक गुञ्जन लागेका हुन् ।

इराकमा पहिलोपटक प्रस्तुत हुन पाउँदा निकै खुसी लागेको राईले बताए ।  शुक्रबार इराकको कुर्दिस्तानमा आयोजित कार्यक्रमका लागि राई इराक पुगिसकेका छन् ।

कुर्दिस्तान त्यो स्थान हो जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेको थियो ।

१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् । उनीहरूकै अनुरोधमा साङ्गीतिक प्रस्तुति दिन राई त्यहाँ पुगेका हुन् । इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए । 

राजेशपायल बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त रहने कलाकार हुन् । अमेरिकामा १७ औँ पटक कार्यक्रम गरिसकेँ उनले इराक कार्यक्रममा अविस्मरणीय तुल्याउन कुनै कसर नछाड्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप