इराकमा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै राजेशपायल
काठमाडौँ । केही अगाडि पत्नी सङबुङ राईसँग डिभोर्सको कारणले चर्चामा छाएका गायक राजेश पायल राईले इराकमा प्रस्तुति दिने भएका छन् । विश्वका प्राय: देशमा सांगीतिक कार्यक्रम गरिसकेका राई इराकमा भने पहिलोपटक गुञ्जन लागेका हुन् ।
इराकमा पहिलोपटक प्रस्तुत हुन पाउँदा निकै खुसी लागेको राईले बताए । शुक्रबार इराकको कुर्दिस्तानमा आयोजित कार्यक्रमका लागि राई इराक पुगिसकेका छन् ।
कुर्दिस्तान त्यो स्थान हो जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेको थियो ।
१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् । उनीहरूकै अनुरोधमा साङ्गीतिक प्रस्तुति दिन राई त्यहाँ पुगेका हुन् । इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए ।
राजेशपायल बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त रहने कलाकार हुन् । अमेरिकामा १७ औँ पटक कार्यक्रम गरिसकेँ उनले इराक कार्यक्रममा अविस्मरणीय तुल्याउन कुनै कसर नछाड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण