नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तेस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे । उनले नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताए । उनले सरकारले लिएको नीतिगत निर्णयको कारण बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएको उल्लेख गरे ।
गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए । उनले कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबिच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए । उनले विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको बताए । उनले सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको बताए ।
उनले भने,‘ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीको संकट र रुस युक्रेन युद्वकाबिच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने देखाएको छ । यसरी हेर्दा समग्रमा विश्वको अर्थतन्त्र सकारात्मक छ । उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ । जुन सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ । नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरू बलियो रूपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ । जुन नीतिगत सुधारको कारण बाह्य क्षेत्र सुधार,सबल वित्तीय क्षेत्र,मूल्यवृद्धि स्थिर छ ।’
गभर्नर अधिकारीले लेखा परीक्षण व्यवसायीहरूको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरूलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताए । उनले लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा पनि काम गर्न सकिने अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण