एसीसी प्रिमियर कप क्रिकेट
सोमपालले लिए यूएईको पहिलो विकेट
शुक्रबार, ०७ वैशाख २०८१, १३ : ४४
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो पहिलो विकेट गुमाएको छ ।
यूएईको पहिलो विकेट सोमपाल कामीले लिएका हुन् । उनले यूएईका कप्तान मुहम्मद वसिमलाई बोल्ड गरे । पेभेलियन फर्किनुअघि ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले सात बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाएका थिए । दोस्रो ओभरको तेस्रो बलमा उनी आउट हुँदा यूएईले १२ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण