भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
सुर्खेत । चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको विषय संसदमा प्रवेश गरेको छ ।
मृत्यु भएको लामो समय भइसक्दा पनि परिवारले शव नबुझेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद रणसिंह परियारले शुक्रबारको संसदमा कुरा उठाएका हुन् ।
‘हिँडेर अस्पताल पुगेकी युवतीको एक्कासी मृत्यु घोषणा गरिएको भन्ने कुरा बाहिर आएको छ,’उनले भने, ‘खास भएको के हो ? यो घटनाले समग्र कर्णाली प्रदेश, जनताहरूलाई प्रभाव पार्ने गरेर घटना आएको छ । अहिले पनि शव अस्पतालबाट उठाउन परिवारले मानिरहेका छैनन् ।’
यसलाई लामो समयसम्म राख्नुले अस्पताल र प्रदेश सरकारमाथि प्रश्न उठ्ने उनले बताए । सत्यतथ्य छानबिन गरेर छिटोभन्दा छिटो उचित व्यवस्थापन गर्न उनले सरकारलाई आग्रह समेत गरे । भीमाका आफन्तहरूले डाक्टरको लापरबाहीकै कारण मृत्यु भएको भन्दै विभिन्न मागहरू राख्दै शव बुझ्न मानिरहेका छैनन् ।
कांग्रेस सांसद घनश्याम भण्डारीले पनि उक्त घटनाको विषयमा कुरा राखेका थिए । ‘प्रदेश अस्पताललाई गौरवको रूपमा मानिएपनि त्यहाँ मृत्युका घटनाहरु भएका छन्,’उनले भने, ‘त्यो मृत्यु डाक्टरहरूको प्राविधिक कारणले भएको हो वा के हो ? त्यो विषयमा छानबिन गरेर अघि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन तहकै सरकारलाई प्रभावकारी बनाउन ध्यान दिइएन : मन्त्री जोशी
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव
-
निर्माण सामग्री सम्बन्धी विधेयकमा झण्डै ४ सय संशोधन
-
सञ्चार संस्था र सञ्चारकर्मीलाई कसरी जोगाउने ?
-
राष्ट्र बैंकले पेन्सन कोषको २४ करोड ब्याजमा लगानी गर्ने
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने