भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि कार्यकर्तासँग कम्तीमा एक सय रुपैयाँ उठाउन प्रस्ताव गरेका छन् ।
शनिवार ललितपुरको गोदावरीमा एमालेको प्रतिनिधि परिषद् बैठकमा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका महासचिव पोखरेलले पार्टी महाधिवेशनले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने योजना अघि सारे पनि हालसम्म निर्माण कार्य अघि नबढेको बताएका छन् ।
हाल प्रतिष्ठानको भवनमा पार्टी कामको अनुकूलता हुने गरी पुनर्संरचना गरी कार्यालय सञ्चालन गरिएको बताउँदै उनले अब आफ्नै जमिनमा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्नुपर्ने बताएका छन् ।
पोखरेलले भनेका छन्–‘त्यसका लागि सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम १ सय रुपियाँ सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्दछ । थप सहयोग गर्न सक्ने र चाहनेहरूको रोस्टर तयार गरी कार्यालय भवन निर्माण सम्बन्धी बैङ्क खातामा जम्मा गर्न लगाउनुपर्दछ ।’
उनले हरेक तहका कमिटीहरूले यस कामलाई आगामी कार्ययोजनाको विषय बनाएर अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । २०७२ सालमा गएको भूकम्पले काठमाडौँको बल्खुमा रहेको एमाले कार्यालय भत्काएपछि एमालेले अहिलेसम्म केन्द्रीय कार्यालय बनाएको छैन । हाल ललितपुरको च्यासलमा रहेको तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानलाई केन्द्रीय कार्यालयको रूपमा प्रयोग गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण