शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिने चीन भ्रमणमा जाँदै छन् अमेरिकी विदेशमन्त्री

आइतबार, ०९ वैशाख २०८१, ०९ : ३९
आइतबार, ०९ वैशाख २०८१

वाशिङटन डीसी । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्केन यही अप्रिल २४ मा चीन पुग्नेछन् । उनी  अप्रिल २६ सम्म त्यहाँ बस्ने बताइएको छ ।

यस भ्रमणका क्रममा ब्लिन्केनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्नेछन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ब्लिन्केनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धबारे छलफल गर्नेछन् । 

यसबाहेक मध्यपूर्वमा जारी तनाव, रुस र युक्रेनबिच जारी युद्ध र दक्षिण चीन सागरका विषयमा पनि ब्लिन्केन र चिनियाँ अधिकारीबिच वार्ता हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप