तीन दिने चीन भ्रमणमा जाँदै छन् अमेरिकी विदेशमन्त्री
आइतबार, ०९ वैशाख २०८१, ०९ : ३९
वाशिङटन डीसी । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्केन यही अप्रिल २४ मा चीन पुग्नेछन् । उनी अप्रिल २६ सम्म त्यहाँ बस्ने बताइएको छ ।
यस भ्रमणका क्रममा ब्लिन्केनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्नेछन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ब्लिन्केनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धबारे छलफल गर्नेछन् ।
यसबाहेक मध्यपूर्वमा जारी तनाव, रुस र युक्रेनबिच जारी युद्ध र दक्षिण चीन सागरका विषयमा पनि ब्लिन्केन र चिनियाँ अधिकारीबिच वार्ता हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण