माउसुली परेको दूध विषालु हुन्छ ?
काठमाडौँ । दूधको भदालोमा माउसुली पर्यो भने पिउनु हुँदैन भन्ने मान्यता छ । यो विश्वास केही पौराणिक कथासँग जोडिएको छ । दूधमा माउसुली पर्यो भने त्यो विषालु हुन्छ भन्छन् ।
तर, के साँच्चै यस्तो हुन्छ ? छेपारो पर्ने बित्तिकै दूध विषाक्त हुन्छ ? माउसुलीको शरीरमा विष हुन्छ ? यस्तो दूध पिउने मान्छे साँच्चै मर्छ ? के भन्छन् स्वास्थ्य विज्ञ ?
माउसुली परेको दूध खायो भने मर्छ भन्ने भ्रम हटाउन भारतीय हेल्थ तथा फूड एक्सपर्ट शुभांगी निगम बताउँछिन् । यस्तो कहिल्यै नहुने उनको भनाई छ । माउसुलीको शरीरमा विष हुन्छ भन्ने धारणा पनि सत्य होइन । दूधमा माउसुली खस्दा स्वास्थ्यमा हानि हुने कारण अर्कै भएको उनले बताइन् । छेपारो धेरै ठाउँमा घुम्छ । उनको शरीरमा फोहोर जमेको हुन्छ । त्यसैले दूध फोहोर हुन्छ ।
भ्रमका कारण मानिसहरू निकै डराएको निगम बताउँछिन् । डरकै कारण मान्छेलाई रिँगटा लाग्न थाल्छ । माउसुलीको शरीरमा भएको फोहोरका कारण दूधमा फोहोर हुने भएकोले त्यस्तो दूध सेवन गर्दा पेट दुख्न वा पखाला लाग्न सक्छ । तर, यसबाट मान्छेको ज्यानै जाने चाँहि हुँदैन । त्यसैले माउसुली परेको दूध विषाक्त हुने धारणा पूर्णतया गलत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण