लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा
बुटवल । जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिएका हुन् ।
उनले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद दिएका छन् । चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित मन्त्री बनेका अहिरले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए ।
जसपा प्रदेश अध्यक्ष अशोक यादवले सत्ता गठबन्धन र जसपाबिच ७ बुँदे सहमति भएको र मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति उल्लङ्घन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए । सरकारबाट मन्त्री फिर्ता भएपनि समर्थन भने कायम रहने उनले रातोपाटीलाई बताए ।
मुख्यमन्त्री र गठबन्धनका दलले सहमति उल्लङ्घन गरेर गठबन्धनको मूल्य मान्यता र मर्म विपरीत गएकाले उनीहरूलाई नैतिकता सिकाउन आफूहरूले सरकारबाट बाहिरिने निर्णय गरेको अहिरले बताए । सरकारलाई दिएको समर्थन भने कायमै रहने उनले बताए ।
लुम्बिनीमा जसपाका तीन सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । यद्यपि सरकारको स्थिरतामा भने अन्यौलता सिर्जना भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण