उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
आइतबार, ०९ वैशाख २०८१, १४ : ०५
काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् ।
‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै म पार्टीका सबै जिम्मेवारीबाट अलग भएको ब्यहोरा जानकारी गराउन चाहन्छु,’ उनले भनिन्, ‘म राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुनहरू र राष्ट्रिय सभा नियमावलीले निर्देशित कार्यहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिज्ञा आम सञ्चारमार्फत सबैमा जानकारी गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण