बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

उपाध्यक्ष भन्दैमा अध्यक्षको छाया होइन : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

आइतबार, ०९ वैशाख २०८१, १४ : ५९
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ ।  राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष र उपप्रमुख भन्ने बित्तिकै महिला सोच्ने प्रवृत्ति रहेको भन्दै त्यस्तो मानसिकता हटाउनुपर्ने बताएकी छन् । आइतबार संसद् सचिवालय सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले  उपाध्यक्षको पनि आफ्नै खालका अधिकारहरू रहेको बताइन् । उनले उपाध्यक्षको पनि अधिकार थप गरेर आगामी दिनमा पुरुषलाई पनि उपाध्यक्षमा जान रहर लाग्ने बनाउनुपर्ने उल्लेख गरिन् । 

महिला नेतृत्वलाई पद दिँदा समानुपातिकमा राख्ने प्रवृत्तिका कारण प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभाका महिला सांसदलाई पनि तपाईं समानुपातिक हो भनेर प्रश्न गर्ने गरेको गुनासो उनले गरिन् । 

उपाध्यक्ष घिमिरेले सरकारले प्रतिनिधिसभामा धेरै विधेयक दर्ता गर्ने तर राष्ट्रियसभामा भने बिजनेस नहुने अवस्थाका कारण अब नयाँ विधेयक ल्याउँदा राष्ट्रियसभामा दर्ता गर्न सरकारलाई आग्रह गरेको जानकारी दिइन । राष्ट्रियसभाका विषयलाई मिडियाले कम प्राथमिकता दिएको उनको गुनासो थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप