उपाध्यक्ष भन्दैमा अध्यक्षको छाया होइन : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष र उपप्रमुख भन्ने बित्तिकै महिला सोच्ने प्रवृत्ति रहेको भन्दै त्यस्तो मानसिकता हटाउनुपर्ने बताएकी छन् । आइतबार संसद् सचिवालय सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले उपाध्यक्षको पनि आफ्नै खालका अधिकारहरू रहेको बताइन् । उनले उपाध्यक्षको पनि अधिकार थप गरेर आगामी दिनमा पुरुषलाई पनि उपाध्यक्षमा जान रहर लाग्ने बनाउनुपर्ने उल्लेख गरिन् ।
महिला नेतृत्वलाई पद दिँदा समानुपातिकमा राख्ने प्रवृत्तिका कारण प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभाका महिला सांसदलाई पनि तपाईं समानुपातिक हो भनेर प्रश्न गर्ने गरेको गुनासो उनले गरिन् ।
उपाध्यक्ष घिमिरेले सरकारले प्रतिनिधिसभामा धेरै विधेयक दर्ता गर्ने तर राष्ट्रियसभामा भने बिजनेस नहुने अवस्थाका कारण अब नयाँ विधेयक ल्याउँदा राष्ट्रियसभामा दर्ता गर्न सरकारलाई आग्रह गरेको जानकारी दिइन । राष्ट्रियसभाका विषयलाई मिडियाले कम प्राथमिकता दिएको उनको गुनासो थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण