रामदेवलाई अर्को झट्का, अब योग शिविर चलाएको पनि कर तिर्नुपर्ने
नयाँ दिल्ली । भारतीय योगगुरु बाबा रामदेवलाई सर्वोच्च अदालतले फेरि अर्को झट्का दिएको छ । अब रामदेवको योग शिविर पनि कर सेवाको दायरामा आएको छ । रामदेवको योग शिविर सञ्चालन गर्ने संस्था पतञ्जली योगपिठ ट्रस्टले अब सेवा कर तिर्नुपर्नेछ ।
सर्वोच्च अदालतका न्यायाधीसद्वय अभय एम ओक र उज्ज्वल भुइयाँको पीठले यो मामिलामा सेवा कर अपिलेन्ट ट्रिब्यूनलको फैसला यथावत् राखेका छन् ।
ट्रिब्यूनलले आफ्नो फैसलामा पतञ्जली योगपीठ ट्रस्टको आवासीय र गैरआवासीय दुवै योग शिविर आयोजनाका लागि सेवा कर भुक्तान अनिवार्य बनाएको थियो । रामदेवको योग शिविरले प्रवेश शुल्क लिन्छ । यस्तोमा सर्वोच्चका न्यायधीशद्वयले ट्रिब्यूनल सही भएको बताएको छ ।
प्रवेश शुल्क लिएपछि शिवरमा योग गराउनु पनि सेवा नै भएको अदालतको ठहर छ । ट्रिब्यूनलको आदेशमा हस्तक्षेप गर्नुको कुनै कारण नदेखेको भन्दै पतञ्जली योगपिठ ट्रस्टको अपिल खारेज गरिएको सर्वोच्चले आफ्नो फैसलामा भनेको छ ।
पतञ्जलीले तिर्नुपर्ने भयो ४ करोड ५० लाख भारु
सन् २००६ को अक्टोबरदेखि सन् २०११ को मार्चसम्म लगाइएको यस्तो योग शिविरबाट जरिवाना र ब्याजसमेत गरेर करिब साढे ४ करोड भारु तिर्न पतञ्जली योगपिठ ट्रस्टलाई भनिएको छ । आफूले बिरामीको उपचारमा सघाउने सेवाहरू दिइरहेको र यो स्वास्थ्य तथा फिटनेश सेवाको श्रेणीमा आउने भन्दै योग शिविरमा सेवा कर नलाग्ने दलील योगपीठ ट्रस्टले दिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण