सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सेनामाथिको अमेरिकी प्रतिबन्ध अस्वीकार्य छ : नेतन्याहू

सोमबार, १० वैशाख २०८१, १२ : २५
सोमबार, १० वैशाख २०८१

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले देशको सेनामाथि लगाइएका कुनै पनि प्रतिबन्धलाई अस्वीकार गर्ने बताएका छन् । अमेरिकाले इजरायली सेनाको एक इकाईलाई दिइने सहायता कटौती गर्नसक्ने खबर बाहिर आएको बेला नेतन्याहुले यस्तो बताएका हुन् । 

‘यसविरुद्ध म मेरो सम्पूर्ण ताकत लगाएर लड्नेछु’ नेतान्याहुले आइतबार भनेका छन् । अमेरिकाले वेस्ट बैंकमा मानव अधिकार उल्लङ्घनको लागि इजरायलको नेत्जाह येहुदा बटालियनलाई निशाना बनाउन सक्ने एक्सियोस समाचार वेबसाइटले दाबी गरेको थियो ।

अमेरिकाले कुनै प्रतिबन्ध लगाएमा यो इकाईले कुनै पनि विदेशी सहायता पाउने छैन । गतहप्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वेस्ट बैंकमा मानवअधिकार उल्लङ्घनको बारेमा सोधपुछ गरेका थिए । 

अमेरिका इजरायलको मुख्य सहयोगी हो । उसले अहिलेसम्म कहिले पनि इजरायल डिफेन्स फोर्स (आईडीएफ)को इकाईलाई निलम्बन गरेको छैन । इजरायली सेनाले नेजाह येहुदा विरुद्धको आरोप अस्वीकार गर्दै बटालियनले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप