सेनामाथिको अमेरिकी प्रतिबन्ध अस्वीकार्य छ : नेतन्याहू
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले देशको सेनामाथि लगाइएका कुनै पनि प्रतिबन्धलाई अस्वीकार गर्ने बताएका छन् । अमेरिकाले इजरायली सेनाको एक इकाईलाई दिइने सहायता कटौती गर्नसक्ने खबर बाहिर आएको बेला नेतन्याहुले यस्तो बताएका हुन् ।
‘यसविरुद्ध म मेरो सम्पूर्ण ताकत लगाएर लड्नेछु’ नेतान्याहुले आइतबार भनेका छन् । अमेरिकाले वेस्ट बैंकमा मानव अधिकार उल्लङ्घनको लागि इजरायलको नेत्जाह येहुदा बटालियनलाई निशाना बनाउन सक्ने एक्सियोस समाचार वेबसाइटले दाबी गरेको थियो ।
अमेरिकाले कुनै प्रतिबन्ध लगाएमा यो इकाईले कुनै पनि विदेशी सहायता पाउने छैन । गतहप्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वेस्ट बैंकमा मानवअधिकार उल्लङ्घनको बारेमा सोधपुछ गरेका थिए ।
अमेरिका इजरायलको मुख्य सहयोगी हो । उसले अहिलेसम्म कहिले पनि इजरायल डिफेन्स फोर्स (आईडीएफ)को इकाईलाई निलम्बन गरेको छैन । इजरायली सेनाले नेजाह येहुदा विरुद्धको आरोप अस्वीकार गर्दै बटालियनले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण