एमालेसँग झोक्किए देउवा : मदनको हत्यारा खोज्न कसले रोकेको छ ?
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी गरेका छन् ।
नेकपाको हीरक महोत्सवमा विशेष सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किन पुगेका थिए ।
‘गाली गरेपछि जवाफ त दिनुपर्यो’, देउवाले सम्बोधन सुरु गर्दै भने, ‘मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’, उनले भने, ‘पछि ड्राइभर पनि मारियो ।’ उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने भन्दै भने, ‘तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’
उनले कांग्रेसलाई गाली गरेर केही नहुने भन्दै गाली गर्न छुट रहेको पनि बताए । तर मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको देउवाको भनाइ छ । ‘कांग्रेसले रोकेको हो ? खोइ पत्ता लागेको हो । मलाई विरोध र गाली गरेर केही हुँदैन । तपाईहरुले पत्ता लगाउनुपर्यो’, देउवाले एमालेलाई चुनौती दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण