कार्यबिनायक मन्दिरमा प्रदीप र आनाको ‘एक्टर’ मुहूर्त
मङ्गलबार, ११ वैशाख २०८१, ११ : १६
काठमाडौँ । फिल्म ‘एक्टर’को शुभमुहूर्त गरिएको छ । मङ्गलवार कार्यबिनायक मन्दिर भैँसेपाटीमा वैदिक विधिबाट पूजापाठ गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । कार्यक्रममा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव लगायतको सहभागिता थियो ।
फिल्ममा अभिनेता राजवल्लभ कोइरालाको पनि अभिनय रहनेछ । कोइरालाले यसै फिल्मबाट अभिनयमा कमब्याक गर्न लागेका हुन् ।
एक्टर राजन भुसालको निर्देशन रहने फिल्म थमन कुमार भण्डारीको लगानीमा निर्माण हुन लागेको हो । अदृत फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मका सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन रहने फिल्म २०२५ भित्र रिलिज गर्न लक्ष्य लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण