नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
मङ्गलबार, ११ वैशाख २०८१, १४ : ०५
काठमाडौँ । नेपालीले नौ महिनामा १ अर्ब बढी रुपैयाँको ‘राष्ट्रिय फल’ सुन्तला खाएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ३५ करोड रुपैयाँको ताजा सुन्तला आयात भएको हो ।
सो सुन्तला इजिप्ट, चीन, भारत र दक्षिण अफ्रिकाबाट आयात भएका छन् । यी मुलुकबाट नौ महिनाको अवधिमा १९ हजार मेट्रिक टन फ्रेस सुन्तला आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । सो मात्राको सुन्तला आयात गरे विपत् सरकारले १९ करोड राजस्व सङ्कलन गरेको छ ।
यस्तै, नौ महिनामा तीन लाख रुपैयाँको सुन्तलाको जुस भित्रिएको छ । सो रकम बराबर एक हजार लिटर सुन्तला जुस भित्रिएको हो । यसबाट सरकारले १ लाख राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । थाइल्यान्ड, मल्टा, चीन र भारतबाट सुन्तला जुस भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण