नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
मङ्गलबार, ११ वैशाख २०८१, १४ : ०५

काठमाडौँ । नेपालीले नौ महिनामा १ अर्ब बढी रुपैयाँको ‘राष्ट्रिय फल’ सुन्तला खाएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ३५ करोड रुपैयाँको ताजा सुन्तला आयात भएको हो ।
सो सुन्तला इजिप्ट, चीन, भारत र दक्षिण अफ्रिकाबाट आयात भएका छन् । यी मुलुकबाट नौ महिनाको अवधिमा १९ हजार मेट्रिक टन फ्रेस सुन्तला आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । सो मात्राको सुन्तला आयात गरे विपत् सरकारले १९ करोड राजस्व सङ्कलन गरेको छ ।
यस्तै, नौ महिनामा तीन लाख रुपैयाँको सुन्तलाको जुस भित्रिएको छ । सो रकम बराबर एक हजार लिटर सुन्तला जुस भित्रिएको हो । यसबाट सरकारले १ लाख राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । थाइल्यान्ड, मल्टा, चीन र भारतबाट सुन्तला जुस भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?