शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र

मङ्गलबार, ११ वैशाख २०८१, १४ : २१
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘मेयर’ राजनीतिक फिल्मको असली स्वाद रहेको बताएका छन् । दर्शकले अहिलेसम्मको फिल्ममा राजनीतिक क्राउड थोरै देख्दै आएपनि ‘मेयर’मा भने दशौँ हजारको भिड देख्न सक्ने उनको भनाइ छ ।

केही दिन अगाडि फिल्म ‘मेयर’को छायांकन सकाएका खनालले रातोपाटीसँग कुरा गर्दै फिल्म अपेक्षा गरे भन्दा पनि ठुलो क्राउडमा छायांकन गर्न सफल भएको बताए ।

‘फिल्म एउटै सिन ११ हजार भन्दा धेरै क्राउड जम्मा गरेर छायांकन भएको छ’, खनालले भने, ‘नेपाली फिल्मको इतिहासमा ठुलो क्राउडमा आफूले फिल्म खिच्ने अवसर पाए ।’ उनले आफ्नो फिल्मको क्राउड नेपाली फिल्मको इतिहासकै ठुलो रहेको धारणा राखे ।

‘राजनीतिक फिल्म भनेर भनिए पनि दुई दर्जनको भीड जम्मा गर्न पनि कठिन हुने गरेको र त्यसको असर पर्दामा देखिने गरेको छ’, उनले थपे, ‘यो पटक त्यो असर मैले झेल्नु परेन ।’ ‘मेयर’ नेपाली राजनीतिक फिल्मको इतिहासमा ट्रनिङ प्वाइन्ट हुने समेत उनले विश्वास व्यक्त गरे ।

दर्शकले ‘मेयर’ मार्फत पहिलो पटक राजनीतिक फिल्मको फिल्म गर्न पाउने खनालको भनाइ छ । ‘ठुलो मास हुने बित्तिकै राजनीतिक फिल्मको रंग नै अर्कै हुन्छ । जनतासँग फिल्मलाई जोड्न पनि छायांकनमा क्राउड जरुरी रहेछ’, निर्देशक खनालले अनुभव राखे ।

निर्देशक खनालले ५१ दिनमा गत शुक्रबार ‘मेयर’को छायाँकन सकेका हुन् । काठमाडौँको मल्ल होटेलबाट सुरु भएको फिल्मको छायांकन सर्लाही र सिन्धुलीका विभिन्न स्थानमा समेत गरिएको छ ।

फिल्मको मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने छन् । जसलाई फिल्ममा ‘मेयर’कै भूमिकामा देख्न पाइनेछ । खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय फिल्ममा देख्न पाइनेछ । 

‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको हो । फिल्मका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन्, भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप