शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास

मङ्गलबार, ११ वैशाख २०८१, १५ : ४०
मङ्गलबार, ११ वैशाख २०८१

प्योङयाङ ।  उत्तर कोरियाले सोमबार नयाँ परमाणु हतियारको कमान्ड कन्ट्रोल सिस्टमको सफल परीक्षण गरेको दाबी गरेको छ । कोरियाले विभिन्न रकेट लञ्चर युनिटबाट रकेटहरू प्रक्षेपण गरेको हो ।

किम जोङ उनले उक्त अभ्यासको निर्देशन दिएका थिए । राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार त्यसमा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास गरिएको थियो । 

विज्ञहरूका अनुसार उत्तर कोरियाले यसअघि पनि रकेट लञ्चर सिस्टम र परमाणु हमलाको प्रत्याक्रमणको अभ्यास गरिसकेको छ । यद्यपि, केसीएनएका अनुसार सोमबारको अभ्यासमा ‘हाइकबाङगासो’ अथवा न्युक्लियर टिगर कमान्ड एन्ड कन्ट्रोल सिस्टमको प्रयोग भने पहिलोपटक गरिएको हो । यसबाट रकेट लञ्चरमा पारम्परिक रकेटलाई परमाणु हतियारमा परिणत गर्न सक्ने दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप