उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
मङ्गलबार, ११ वैशाख २०८१, १५ : ४०
प्योङयाङ । उत्तर कोरियाले सोमबार नयाँ परमाणु हतियारको कमान्ड कन्ट्रोल सिस्टमको सफल परीक्षण गरेको दाबी गरेको छ । कोरियाले विभिन्न रकेट लञ्चर युनिटबाट रकेटहरू प्रक्षेपण गरेको हो ।
किम जोङ उनले उक्त अभ्यासको निर्देशन दिएका थिए । राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार त्यसमा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास गरिएको थियो ।
विज्ञहरूका अनुसार उत्तर कोरियाले यसअघि पनि रकेट लञ्चर सिस्टम र परमाणु हमलाको प्रत्याक्रमणको अभ्यास गरिसकेको छ । यद्यपि, केसीएनएका अनुसार सोमबारको अभ्यासमा ‘हाइकबाङगासो’ अथवा न्युक्लियर टिगर कमान्ड एन्ड कन्ट्रोल सिस्टमको प्रयोग भने पहिलोपटक गरिएको हो । यसबाट रकेट लञ्चरमा पारम्परिक रकेटलाई परमाणु हतियारमा परिणत गर्न सक्ने दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण