शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु

मङ्गलबार, ११ वैशाख २०८१, १९ : १०
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । कमेडी जनरामा निर्माण हुने फिल्म ‘भाइरल गोर्खे’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन  मंगलबारबाट लम्जुङको भुजुङ गाउँदेखि सुरु भएको हो ।

छायांकन अगाडि फिल्मको मुर्हूत गरिएको थियो । निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकार सौगात मल्ल, लक्ष्मी गिरीलगायतको मुर्हूतमा उपस्थिति थियो ।

सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथा विषय बनाइएको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, वुद्धि तामाङ, लक्ष्मी गिरी लगायतको अभिनय रहनेछ । 

कार्यक्रममा अभिनेता सौगात मल्लले फिल्मले दर्शकमा फरक स्वाद दिने बताए । उनले फिल्मको कथा सामान्य भएपनि उत्कृष्ट ढंगले बुनिएको बताए ।

महेश लामिछाने र विशाल ताम्राकारको निर्माण फिल्ममा अमर महर्जनको छायांकन रहनेछ । द जिएमआई एकेडेमी र निर्भना फिल्मस् स्कुलको ब्यानरमा बन्ने फिल्मको अधिकांश छायांकन लमजुङको अलवा गोरखा र चितवनमा पनि छायांकन छ। फिल्मका निर्देशक निगम श्रेष्ठ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप