लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
काठमाडौँ । कमेडी जनरामा निर्माण हुने फिल्म ‘भाइरल गोर्खे’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन मंगलबारबाट लम्जुङको भुजुङ गाउँदेखि सुरु भएको हो ।
छायांकन अगाडि फिल्मको मुर्हूत गरिएको थियो । निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकार सौगात मल्ल, लक्ष्मी गिरीलगायतको मुर्हूतमा उपस्थिति थियो ।
सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथा विषय बनाइएको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, वुद्धि तामाङ, लक्ष्मी गिरी लगायतको अभिनय रहनेछ ।
कार्यक्रममा अभिनेता सौगात मल्लले फिल्मले दर्शकमा फरक स्वाद दिने बताए । उनले फिल्मको कथा सामान्य भएपनि उत्कृष्ट ढंगले बुनिएको बताए ।
महेश लामिछाने र विशाल ताम्राकारको निर्माण फिल्ममा अमर महर्जनको छायांकन रहनेछ । द जिएमआई एकेडेमी र निर्भना फिल्मस् स्कुलको ब्यानरमा बन्ने फिल्मको अधिकांश छायांकन लमजुङको अलवा गोरखा र चितवनमा पनि छायांकन छ। फिल्मका निर्देशक निगम श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण