५१ औँ दिनमा सकियो ‘नमेटिने घाउ’ को छायांकन
काठमाडौँ । फिल्म ‘नमेटिने घाउ’को छायांकन सकिएको छ । सुरु गरेको ५१ औँ दिनमा फिल्मको छायांकन सकिएको हो । बुधबार भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले सुटिङसँगै फिल्म सकिएको निर्देशक रमित ढुङ्गानाले बताए । ‘फिल्मको सुटिङ एकदमै राम्रोसँग भयो । छिट्टै प्रदर्शनमा ल्याउछु,’ रमितले भने ।
‘नमेटिने घाउ’ ढुङ्गानाको निर्देशनमा डेब्यु फिल्म हो । फिल्ममा ओलीका अलवा माधव नेपाल, ज्ञानेन्द्र शाहीको पनि अभिनय छ । एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बनेको फिल्मले सर्वसाधारणमा जनचेतनाको काम गर्ने उद्देश्यले निर्माण भएको हो ।
फिल्मको छायांकन काठमाडौं, पोखरा, वीरगञ्ज, चपुर लगायतका स्थानमा भएको छ । शिवं अधिकारीको लेखन रहेको फिल्ममा आरती आचार्य, उमेस सुनाम, आर्जु, सिजन राउत, इभा गिरी, प्राप्ति पौडेल, विशाल देवकोटा, कमल देवकोटा, अर्जुन दुलाल, रोहित श्रेष्ठ, सन्दिप बाबु लोहनीलगायत कलाकारले समेत अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण