सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
मधेसमा शव फेला

मधेस प्रदेशमा एकै दिन पाँच जनाको शव फेला

बुधबार, १२ वैशाख २०८१, १६ : ३२
बुधबार, १२ वैशाख २०८१

वीरगन्ज । मधेस प्रदेशमा एकै दिन पाँच जनाको शव फेला परेको छ । मंगलबार धनुषा र पर्सामा गरी पाँच जनाको शव फेला परेको हो । धनुषामा चार र पर्सामा एक गरी जम्मा पाँच वटा शव फेला परेको हो ।

तीमध्ये पनि धनुषामा होटलको कोठाभित्र झुण्डिएको अवस्थामा तीन वटा शव फेला परेको थियो, जसमा दुई जनाको शव एउटै कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो । धनुषा प्रहरीका अनुसार जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसबाट राति साढे ११ बजे एक जना युवकको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादवको शव गेस्ट हाउसको कोठा नम्बर २०४ मा झुन्डिएको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवालेले जानकारी दिए ।

यो घटनाभन्दा अघि धनुषामै नवजात शिशुसहित एकै पटक ३ वटा शव फेला परेको थियो । महिला र पुरुष गरी २ जनाको शव गेष्ट हाउसमा झुण्डिएको अवस्थामा फेला परेको थियो भने एक नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको थियो ।

जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेष्ट हाउसबाट महोत्तरीको पिपरा गाउँपालिका–३ निवासी हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खट्टाकी प्रियंका कापरको शव फेला परेको थियो । धनुषा प्रहरीका अनुसार दुवै जनाको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।

धेस प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेल कुनै पनि देशमा अपराध शून्य नहुने बताउँछन् । उनले भने, ‘समाजमा अपराध हुन्छन्, नत्र प्रहरीको के खाँचो ?’

मंगलबार जनकपुरकै रामानन्दचोकमा नवजात शिशुको शव फेला परेको थियो । नवजात शिशुलाई कसले किन मारेर फालेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मंगलबार नै पर्सामा पनि एक पुरुषको शव फेला परेको थियो । वीरगन्जको चिनीमिलस्थित नालामा मृत अवस्थामा पुरुषको शव फेला परेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए । शवको पहिचान हुन नसकेकाले मृत्युबारे थप सुराक फेला पार्न नसकेको प्रहरीको भनाइ छ ।

यसैबिच मंगलबार बारामा प्रहरी नायव निरीक्षकले बोकेको स्वचालित हतियार गायव भएको घटना बाहिरिएको थियो । अमलेखगञ्जका प्रहरी नायब निरीक्षक पुज्य विसीले बोकेको हतियार गायब भएको हो ।

लागु औषध गाँजाको तस्करी रोक्न निस्केको प्रहरी टोलीका कमाण्डरको हतियार हराएको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले जनाए । गस्तीका क्रममा हतियार हराएको प्रहरीको भनाइ छ ।

यसअघि वैशाख ६ गते जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १६, कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको एक खेतमा जलिरहेको अवस्थामा महिलाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले ती महिलाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

खेतमा शव जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मधेस प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेल कुनै पनि देशमा अपराध शून्य नहुने बताउँछन् । उनले भने, ‘समाजमा अपराध हुन्छन्, नत्र प्रहरीको के खाँचो ?’

मुख्य कुरा, अपराध भइसकेपछि अनुसन्धानमा प्रहरी चुक्छ भने त्यो गम्भीर कुरा हुने उनको भनाइ छ । त्यसकारण बढ्दो अपराधका बिच मधेस प्रहरीले आफ्नो सक्रियतासमेत बढाएको उनले बताए । मधेश प्रदेश प्रहरी पूर्णरुपमा सक्रियताका साथ आफ्नो ड्यूटी निर्वाह गरिरहेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप