न्यु डायमन्ड र एपीएफ विजयी सुरुआत
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन न्यु डायमन्ड र एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१२, २५–१५, १७–२५ र २५–२१ को सेटमा पराजित ग¥यो । न्यु डायमन्डकी सुमित्रा रेग्मी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोस्रो खेलमा एपीएफले नेपाल प्रहरी क्लबलाई २५–२१, २२–२५, २५–१७ र २५–१६ को सेटमा हरायो । एपीएफकी सरस्वती चौधरी ‘प्लेयर अफ दि म्याच’ बनिन् । विजेता दुवै टोलीले समान ३–३ अंक जोडेका छन् ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइहरेको प्रतियोगिताको विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्ने छन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजार रुपैयाँ नगदबाट पुरस्कृत प्रदान गरिने छ ।
शनिबारसम्म चल्ने प्रतियोगितामा ४ टिमले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगको शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबार पनि २ खेल हुनेछ । पहिलो खेलमा आर्मी र एपीएफ भिड्ने छन् । दोस्रो खेलमा प्रहरीले न्यु डायमन्डको सामना गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण