प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
बुधबार, १२ वैशाख २०८१, १९ : २८
पोखरा । नवलपुर र पर्वत जिल्ला गोरखाको बारपाकमा भएको गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनका छन् ।
बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुर र महिलातर्फ म्याग्दीलाई हराउँदै पर्वत च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फ नवलपुरले स्याङ्जालाई ३–२ को सेटले पराजित गरेको हो । महिलातर्फ भने पर्वतले म्याग्दीलाई ३–२ को सेटले पराजित गरेको हो ।
च्याम्यिपन बनेका नवलपुर र पर्वतले समान एक/एक लाख हात पारे । उपविजेता बनेका स्याङ्जा र म्याग्दीले ७५र७५ हजारमा चित्त बुझाउनुपर्यो ।
प्रतियोगितामा पुरुषतर्फ नवलपुरका हिमाल सुनारी र महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण