सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन

बुधबार, १२ वैशाख २०८१, १९ : २८
बुधबार, १२ वैशाख २०८१

पोखरा । नवलपुर र पर्वत जिल्ला गोरखाको बारपाकमा भएको गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनका छन् । 

बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुर र महिलातर्फ म्याग्दीलाई हराउँदै पर्वत च्याम्पियन बनेका हुन् ।

पुरुषतर्फ नवलपुरले स्याङ्जालाई ३–२ को सेटले पराजित गरेको हो । महिलातर्फ भने पर्वतले म्याग्दीलाई ३–२ को सेटले पराजित गरेको हो । 

च्याम्यिपन बनेका नवलपुर र पर्वतले समान एक/एक लाख हात पारे । उपविजेता बनेका स्याङ्जा र म्याग्दीले ७५र७५ हजारमा चित्त बुझाउनुपर्‍यो । 

प्रतियोगितामा पुरुषतर्फ नवलपुरका हिमाल सुनारी र महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप