शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, १२ वैशाख २०८१, २१ : ४५
बुधबार, १२ वैशाख २०८१

 

आज २०८१ वैशाख १२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • कतारी राजाको नेपाल भ्रमण

दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । उनी करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मङ्गलवार नेपाल भ्रमणमा आएका थानीलाई बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर बिदाइ गरेका हुन् । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको बिदाइ गर्न विमानस्थल पुगेर थानीको बिदाइमा सहभागी भए । नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।

  • उपनिर्वाचन

इलाम नगरपालिका–११ को सोयाङका कृष्णबहादुर नेम्वाङ अम्लिसो गोडिरहेको अवस्थामा भेटिए । इलाम २ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत उपनिर्वाचनका लागि भोट माग्न एमालेका उम्मेदवार सुहाङ नेम्वाङ सोही अम्लिसो बारीको बाटो हुँदै गाडीको झ्यालबाट हात हल्लाएर पश्चिम–उत्तर लागे ।

  • बजेट

आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेट निर्माण भइरहँदा पर्यटन व्यवसाय सम्बद्ध व्यवसायीहरू र तिनका छाता सङ्गठनहरू आफ्नो अधिकार र सुविधाका लागि एकजुट भएका छन् । पर्यटन व्यवसाय सम्बद्ध नेपाल होटल सङ्घ (हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वातारोहण सङ्घ (एनएमए), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) र पर्यटन व्यवसाय र प्रवर्द्धनका लागि विश्व सङ्गठन सोट्टो नेपाल एकजुट भएका हुन् ।

  • गोरखा भूकम्प

आज वैशाख १२ गते विनाशकारी भूकम्प गएको नौ वर्ष पुगेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार २०७२ साल वैशाख १२ गतेपछि हालसम्म करिब ६० हजारभन्दा बढी परकम्पहरू गएका छन् । 

  • न्यायालय

 नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटा विरुद्धको रिटमा अन्तिम सुनुवाइ सुरु भएको छ । बुधबारबाट अन्तिम सुनुवाइ सुरु भएको सो मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा सो मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

  •  कर्मचारी

लोकसेवा आयोगले १३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग भएअनुसार लिखित परीक्षाबाट अन्तरवार्तामा छनोट भएकामध्येबाट १३ जना सहसचिव पदमा नियुक्तिका लागि सिफारिस भएका हुन् । 

  • प्रदेश सरकार

 बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विना विभागीय मन्त्री व्यवस्थापन गर्न सकस भएको छ । दलगत रुपमा मन्त्रालय भागबण्डाको विषय मिल्न नसक्दा तीन साताभन्दा लामो समयदेखि बागमतीमा एक मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् ।

  • अपराध

मधेस प्रदेशमा एकै दिन पाँच जनाको शव फेला परेको छ । मंगलबार धनुषा र पर्सामा गरी पाँच जनाको शव फेला परेको हो । धनुषामा चार र पर्सामा एक गरी जम्मा पाँच वटा शव फेला परेको हो ।

  • जात्रा

काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो । 

  • कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप