अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटा विरुद्धको रिटमा अन्तिम सुनुवाइ सुरु भएको छ । बुधबारबाट अन्तिम सुनुवाइ सुरु भएको सो मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा सो मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । अर्जुनपत्नी पूर्णिमायाले २०६९ मंसिर ७ मा सापकोटामाथि अनुसन्धान गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिट दायर भएसँगै विभिन्न कारणले सो मुद्दा सारिँदै आएको छ ।
१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, चाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । उनलाई तत्कालीन विद्रोही माओवादीले जिउँदै पुरेको पीडित परिवारको आरोप छ । पूर्णीमायाले २०६४ मा जाहेरी दिएपनि प्रहरीले जाहेरी नलिएपछि उनी अदालतमा पुगेकी थिइन् । सर्वोच्च अदालतले २२ फागुन २०६४ मा गरेको आदेश अनुसार जाहेरी दर्ता भए पनि मुद्दा तामेलीमा राखिएको छ ।
तामेलीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अर्को आदेश गरेको छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा स`ञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षितलगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । सो मुद्दामा यही वैशाख २३ गते पेशी सुनुवाइ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण