सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कतारका राजाले दिए नेपाल सरकार र जनतालाई धन्यवाद

बुधबार, १२ वैशाख २०८१, १६ : २१
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले आफ्नो नेपाल भ्रमण सफल बनाएकोमा नेपाल सरकार र यहाँका जनतालाई धन्यावाद दिएका छन् ।

आफ्नो एक्स (ट्वीटर)मार्फत उनले मित्र राष्ट्र नेपालको पहिलो भ्रमणको क्रममा यहाँको ऐतिहासिक कुरा तथा आर्थिक अवस्थाको बारेमा जानकारी प्राप्त भएको बताउँदै अतिथ्यका लागि धन्यवाद दिए ।  

 राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा आर्थिक सम्बन्ध तथा द्विपक्षीय सहयोगलाई अझ उचाइमा पुर्‍याउने विभिन्न विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप