सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू
गोरखा भूकम्प

२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू

बुधबार, १२ वैशाख २०८१

काठमाडौँ। भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बृहत् फोटो प्रदर्शनीको आयोजना गरिएको छ । नौ वर्षअघि नेपालमा २०७२ साल वैशाख १२ गते गोरखाको दक्षिण पूर्व बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ९ म्याग्निच्युटको विनाशकारी भूकम्पको सम्झनामा उक्त फोटो प्रदर्शनी गरिएको हो । 

IMG_20240424_111658_copy_1600x1067

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था ’संवाहिका समाज नेपाल’को सह–आयोजनामा भएको फोटो प्रदर्शनीमा वैशाख १२ लगायत विभिन्न समयमा डोटी, बझाङ, जाजरकोट लगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ आयोजक संस्थाका प्रतिनिधिहरूले बताएका छन् । 

20240424121312_IMG_0280_copy_1600x1067

खानी तथा भूगर्भ विभाग लैनचौर परिसरमा जारी प्रदर्शनीमा विगतलाई बिर्सन नदिई सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणका लागि सचेत रहनुपर्छ भन्ने सन्देश दिने प्रयास गरिएको बताइएको छ । 

20240424121451_IMG_0284_copy_1600x1067

नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी गोरखा भूकम्प गएको थियो । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठुलो भूकम्प थियो । त्यो बेला करिब ९००० मानिस ज्यान गएको थियो भने आठ लाखभन्दा बढी भौतिक संरचनाहरूको क्षति भएको थियो । साथै २२ हजार भन्दा बढी मानिसहरू घाइते भएको विभिन्न तथ्याङ्कहरूले देखाएका छन् । सो भूकम्प गएको एक वर्षको अवधिमा करिब पाँच सय भन्दा बढी परकम्पहरू महसुस गरिएका छन् ।

20240424121532_IMG_0286_copy_1600x106720240424121716_IMG_0289_copy_1600x106720240424121857_IMG_0292_copy_1600x1067IMG_20240424_111759_copy_1600x1067IMG_20240424_112709_copy_1600x106720240424120728_IMG_0269_copy_1600x106720240424120859_IMG_0271_copy_1600x106720240424121020_IMG_0274_copy_1600x1067

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया