पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
काठमाडौँ । पाटन उच्च अदालतले पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौट प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । कार्यकारी प्रमुख छनौट समिति र प्रक्रिया नमिलेको भन्दै उच्च अदालतमा रिट परेको थियो । अधिवक्ता रमेश बडाल, रमेश प्रसाद धिता र हरिप्रसाद मैनालीले गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश नआउन्जेलका लागि कार्यकारी छनौट प्रक्रिया रोक्न अल्पकालीन आदेश आएको हो ।
निवेदकहरूले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिका सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन समेत गैरकानुनी भएको भन्दै रिट दायर गरेका थिए । निजहरू समेत रहेको कार्यकारी प्रमुख छनौट सम्बन्धी उपसमिति समेत अवैधानिक भएको उनीहरूको दाबी थियो ।
र बोर्डको कार्यकारी प्रमुख नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८० समेत नेपाल पर्यटन बोर्ड ऐन, २०५३ समेत विपरीत भएको भनी चुनौती दिइएको थियो । सोही कारण निवेदकको माग बमोजिम अन्तिम दुवै पक्षको बहस सुनेपछि यही वैशाख १७ गते हुने अन्तरिम आदेश छलफलको लागि पेशी तोकी सो को सूचना विपक्षीहरूलाई समेत दिई नियमानुसार पेश गर्न निर्देशन गर्न भनिएको छ ।
सो छलफल नहुँदासम्मका लागि विपक्षीहरू मिलन देवकोटा र मदनकुमार आचार्य समेत रहेको कार्यकारी प्रमुख छनौट सम्बन्धी उपसमितिबाट उल्लेखित कार्यविधिका आधारमा बोर्डको कार्यकारी प्रमुख छनौट सम्बन्धी कुनै काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण