सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी शेखको नेपाल भ्रमण

यसरी बित्यो कतारी राजाको नेपालमा २२ घण्टा

बुधबार, १२ वैशाख २०८१, १५ : ००
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । कतारका सरकार प्रमुख शेख तमिम बिन हमाद अल थानी नेपालमा २२ घण्टा बिताएर स्वदेश फर्केका छन् । मंगलबार साँझ नेपाल आएका थानी बुधबार दिउँसो आफ्नो निजी विमानबाट स्वदेश फर्किएका हुन् ।

  • २०८१ वैशाख ११ गते

WhatsApp Image 2024-04-23 at 16.41.59_65c19437

कतारी राजा बंगलादेश हुँदै आफ्नो निजी विमानबाट मंगलबार साँझ ४ बजे नेपालमा अवतरण गरेका थिए । 

WhatsApp Image 2024-04-23 at 16.42.01_55ef96b0

उनलाई त्रिभुवन विमानस्थल राजकीय सम्मान दिएको थियो ।

WhatsApp Image 2024-04-23 at 18.28.44_134f9ff6

कतारका अमिर त्रिभुवन विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । 

WhatsApp Image 2024-04-23 at 17.54.18_146855b0

त्यहाँ रामचन्द्र पौडेलसँग दुई पक्षीय वार्ता तथा भेटघाट गरेका थिए ।

WhatsApp Image 2024-04-23 at 19.47.03_98d25856

त्यहाँबाट भेटघाट गरी उनी सोल्टी होटल पुगेका थिए ।

होटलमा नेपालस्थित कतारी दूतावासका प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गरेका थिए । 

WhatsApp Image 2024-04-23 at 19.47.03_15833351

सोही होटलमा साँझमा राष्ट्रपति पौडेल रात्रिभोजको आयोजना गरेका थिए ।

  • २०८१ वैशाख १२ गते १०ः३० बजे

prachanda thani

वैशाख १२ गते प्रधानमन्त्री प्रचण्ड र थानीबिच भेटघाट भएको थियो । सुरुमा प्रधानमन्त्री प्रचण्ड र अमिर शेख बिच एक्ला एक्लै वार्ता गरेका थिए ।

WhatsApp Image 2024-04-24 at 11.00.16_f9a7eafb

त्यसपछि नेपाल र कतारका प्रतिनिधिमण्डलबिचमा दुई पक्षको बिचमा छलफल भई आठ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

WhatsApp Image 2024-04-24 at 11.53.00_77a689fe

हस्ताक्षरपछि प्रधानमन्त्री प्रचण्डले द्वारिका होटलमा आयोजना गरेको दिवाभोजमा उनी सहभागी भएका थिए ।

WhatsApp Image 2024-04-24 at 13.34.08_f2d8d8d2

द्वारिका होटलबाट त्रिभुवन विमानस्थल पुगेका थानीलाई बिदाइ गर्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डलगायतका विशिष्ट व्यक्तिहरू पुगेका थिए । 
 

उनी दुई बजे आफ्नो निजी विमानबाट कतारका लागि उडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप