सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी राजाको नेपाल भ्रमण

नेपाल र कतारबिच ८ वटा सम्झौता

बुधबार, १२ वैशाख २०८१, १२ : ०४
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो । 

यस्तै छ वटा विषयमा सझादारी पनि भएको भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । 

८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ । 

यी हुन आठ वटा सम्झौता 

  • कला र संस्कृति
  • शिक्षा
  • कूटनीतिक तालिम
  • युवा खेलकुद
  • न्युज एजेन्सी
  • दुई वटा निजी क्षेत्रमा भएको त्यसमा नेपालको तर्फबाट एफएनसीसीआई र कतारका चेम्बर अफ कमर्स बिचमा हस्ताक्षर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप