घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
बिहीबार, १३ वैशाख २०८१, १० : ४०
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै बुधबारको तुलनामा मूल्य घटेर कारोबार सुरु भएको जानकारी दिएको हो । महासंघका अनुसार आज तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ३५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासङ्घले तोलामा १५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १६ सय ५५ रुपैयाँ कायम छ । हिजो बुधबार १६ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण