कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
काठमाडौँ । नेपाल र चीनका प्रहरीले कोरला नाकामा पैदल गस्ती गरेका छन् । सीमा क्षेत्रमा हुनसक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि दुवै देशका प्रहरीले बुधवार पैदल गस्ती गरेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल र चीनबिचको सिमाना कोरलास्थित पूर्व २४ नम्बर पिल्लरदेखि पश्चिमको २३ नम्बर पिल्लरसम्म अन्दाजी दुई किलोमिटर सीमा क्षेत्रमा दुवै देशका प्रहरीले संयुक्त रूपमा पैदल गस्ती गरेका छन् ।
_LaqGukr3F0.jpg)
नेपालको तर्फबाट मुस्ताङको इलाका प्रहरी कार्यालय लोमान्थाङबाट आठ जना र चीनतर्फ सीमास्थित रहेको लिजी प्रहरी कार्यालयका आठ जना प्रहरीले संयुक्त रूपमा गस्ती गरेको नेपाल प्रहरीले जनाएको छ ।
यस प्रकारको कार्यले सीमा क्षेत्रमा हुनसक्ने सीमा अपराध नियन्त्रणमा सहज हुनसक्ने विश्वास लिइएको नेपाल प्रहरीले जनाएको छ । कोभिड अघि वर्षमा दुई पटक मात्र खुल्ने कोरला नाका हाललाई सधैँका लागि खुल्ला गरेको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट फर्केपछि सो नाका पूर्ण रूपमा खुल्ला छ ।
_VXq0o0kCfD.jpg)
_vlDoj1nt89.jpg)
_KbNq25pyn8.jpg)
_0bjdUaZ2jQ.jpg)
_gnH1Go3udq.jpg)
_z4GjxWhddr.jpg)
_1lc9LKFBpM.jpg)
_HSlQnwJTbH.jpg)
_mtFc6LKvUT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण