मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
बिहीबार, १३ वैशाख २०८१, २० : ४५

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका–३ स्थित रानीघाटमा मलामी गएका एकजना बेपत्ता भएका छन् । चौरजहारी–९ कोटजहारी घर भएका ६१ वर्षीय नारायण खड्का भेरीमा डुबेर बेपत्ता भएका हुन् ।
उनको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । वैशाख १२ मा भेरीमा नुहाउने क्रममा उनी बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बलको नम्बर–६ महेश्वरी बाहिनी मुख्यालयबाट ६ जनाको गोताखोर टिम परिचालन गरिएको डीएसपी थापाले जानकारी दिए ।
त्यस्तै, मुग्लिङ पुल नजिकै त्रिशुलीको बिच भागमा अड्किएका एकजना पुरुषको शव सशस्त्र प्रहरीले निकालेको छ । विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट खटिएको टोलीले सो शव निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?