मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
बिहीबार, १३ वैशाख २०८१, २० : ४५
काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका–३ स्थित रानीघाटमा मलामी गएका एकजना बेपत्ता भएका छन् । चौरजहारी–९ कोटजहारी घर भएका ६१ वर्षीय नारायण खड्का भेरीमा डुबेर बेपत्ता भएका हुन् ।
उनको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । वैशाख १२ मा भेरीमा नुहाउने क्रममा उनी बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बलको नम्बर–६ महेश्वरी बाहिनी मुख्यालयबाट ६ जनाको गोताखोर टिम परिचालन गरिएको डीएसपी थापाले जानकारी दिए ।
त्यस्तै, मुग्लिङ पुल नजिकै त्रिशुलीको बिच भागमा अड्किएका एकजना पुरुषको शव सशस्त्र प्रहरीले निकालेको छ । विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट खटिएको टोलीले सो शव निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण