बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० क्रिकेट

कप्तान पौडेलले लिए वेस्ट इन्डिजको तेस्रो विकेट

शनिबार, १५ वैशाख २०८१, १२ : ५९
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो खेलमा नेपालले तेस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले छैटौं ओभरमा बलिङ गर्दै वेस्ट इन्डिजको तेस्रो विकेट लिएका हुन् ।

टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालविरुद्ध ब्याटिङ गरिरहेको वेस्ट इन्डिजको टिमले ७ ओभरको खेलमा ३ विकेट गुमाउँदै ९१ रन बनाएको छ । कप्तान पौडेलले एलिक एथ्नाजेलाई आउट गराएका हुन् ।

पौडेलले गरेको बल ब्याटमा लागेर हावामा उडेपछि ललितसिंह राजबँसीले क्याच गरेका हुन् । यससँगै २५ बलमा ४७ रन बनाएर खेलिरहेका एलिक आउट भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप