मैत्रीपूर्ण टी–२० क्रिकेट
कप्तान पौडेलले लिए वेस्ट इन्डिजको तेस्रो विकेट
शनिबार, १५ वैशाख २०८१, १२ : ५९
काठमाडौँ । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो खेलमा नेपालले तेस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले छैटौं ओभरमा बलिङ गर्दै वेस्ट इन्डिजको तेस्रो विकेट लिएका हुन् ।
टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालविरुद्ध ब्याटिङ गरिरहेको वेस्ट इन्डिजको टिमले ७ ओभरको खेलमा ३ विकेट गुमाउँदै ९१ रन बनाएको छ । कप्तान पौडेलले एलिक एथ्नाजेलाई आउट गराएका हुन् ।
पौडेलले गरेको बल ब्याटमा लागेर हावामा उडेपछि ललितसिंह राजबँसीले क्याच गरेका हुन् । यससँगै २५ बलमा ४७ रन बनाएर खेलिरहेका एलिक आउट भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण