टाइटानिकको सबैभन्दा धनी यात्रुको सुनको घडी लिलाम
लन्डन । टाइटानिक एट्लान्टिक महासागरमा डुबेको एक सय १२ वर्ष भइसकेको छ । त्यो भीमकाय जहाज कहिल्यै डुब्दैन भन्ने ठोकुवा गरिएको थियो । तर सो जहाज डुब्दा करिब १ हजार ५०० जनाको मृत्यु भएको थियो । हालै मात्र सोही जहाजका सबैभन्दा धनी यात्रीको सुनको घडीसँग सम्बन्धित समाचार बाहिर आएको छ ।
यो घडी लिलाम विक्री भएको छ । बेलायतमा भएको लिलामीमा घडी १ करोड १७ लाख पाउन्ड (१ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ)मा विक्री भएको छ । टाइटानिकसँग सम्बन्धित कुनै पनि सामानले पाएको यो कीर्तिमानी रकम भएको बताइएको छ । घडी एक लाखदेखि १ लाख ५० हजार पाउन्डसम्ममा बिक्री हुने अनुमान गरिएको थियो । तर, यी अनुमानहरूलाई गलत साबित गर्दै एक अमेरिकी व्यक्तिले करोड पाउन्डभन्दा बढी मूल्यमा घडी किने ।
घडीमा जेजेए लेखिएको छ । यो घडी अमेरिकाका सबैभन्दा धनी व्यक्ति जोन ज्याकब एस्टोरको थियो । सन् १९१२ को अप्रिल १५ मा टाइटानिक डुब्दै गर्दा उनले आफ्नी पत्नी मेडेलिनलाई लाइफबोटमा चढाइदिए । उनको पत्निको ज्यान त बच्यो । तर एस्टोर भने बाँच्न सकेनन् । त्यतिबेला उनी जम्मा ४७ वर्षको मात्र थिए । दुर्घटना भएको एक सातापछि एस्टोरको शव फेला परेको थियो । उनको सामानमा एउटा घडी पनि फेला परेको थियो । यो घडी कर्नल एस्टोरको परिवारलाई फिर्ता दिइएको र त्यसपछि घडी उनको छोराले लगाएको लिलामी कार्यालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई
-
सहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई
-
स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छ : महामन्त्री थापा
-
सर्लाहीको लालबन्दीका तीन विपन्न परिवारलाई घर
-
काठमाडौँको बत्तिसपुतलीमा युवकको हत्या
-
‘विद्यार्थी महोत्सव’ले विद्यार्थी आन्दोलनको स्वरूप नै बदल्नेछ : संयोजक गिरी