टाइटानिकको सबैभन्दा धनी यात्रुको सुनको घडी लिलाम
लन्डन । टाइटानिक एट्लान्टिक महासागरमा डुबेको एक सय १२ वर्ष भइसकेको छ । त्यो भीमकाय जहाज कहिल्यै डुब्दैन भन्ने ठोकुवा गरिएको थियो । तर सो जहाज डुब्दा करिब १ हजार ५०० जनाको मृत्यु भएको थियो । हालै मात्र सोही जहाजका सबैभन्दा धनी यात्रीको सुनको घडीसँग सम्बन्धित समाचार बाहिर आएको छ ।
यो घडी लिलाम विक्री भएको छ । बेलायतमा भएको लिलामीमा घडी १ करोड १७ लाख पाउन्ड (१ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ)मा विक्री भएको छ । टाइटानिकसँग सम्बन्धित कुनै पनि सामानले पाएको यो कीर्तिमानी रकम भएको बताइएको छ । घडी एक लाखदेखि १ लाख ५० हजार पाउन्डसम्ममा बिक्री हुने अनुमान गरिएको थियो । तर, यी अनुमानहरूलाई गलत साबित गर्दै एक अमेरिकी व्यक्तिले करोड पाउन्डभन्दा बढी मूल्यमा घडी किने ।
घडीमा जेजेए लेखिएको छ । यो घडी अमेरिकाका सबैभन्दा धनी व्यक्ति जोन ज्याकब एस्टोरको थियो । सन् १९१२ को अप्रिल १५ मा टाइटानिक डुब्दै गर्दा उनले आफ्नी पत्नी मेडेलिनलाई लाइफबोटमा चढाइदिए । उनको पत्निको ज्यान त बच्यो । तर एस्टोर भने बाँच्न सकेनन् । त्यतिबेला उनी जम्मा ४७ वर्षको मात्र थिए । दुर्घटना भएको एक सातापछि एस्टोरको शव फेला परेको थियो । उनको सामानमा एउटा घडी पनि फेला परेको थियो । यो घडी कर्नल एस्टोरको परिवारलाई फिर्ता दिइएको र त्यसपछि घडी उनको छोराले लगाएको लिलामी कार्यालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण