सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

परीक्षा ‘हल’भित्र अमर्यादित व्यवहार गरेको भन्दै तोडफोड

आइतबार, १६ वैशाख २०८१, १४ : ५८
आइतबार, १६ वैशाख २०८१

वीरगन्ज । परीक्षा सेन्टरमा अमर्यादित व्यवहार भएको भन्दै वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसको परीक्षा सेन्टरमा परीक्षार्थीहरू तोडफोड गरेका छन् । पर्सा प्रहरीका डीएसपी केशर न्यौपानेले क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरेको पुष्टि गरे । कलेजका शिक्षकहरूले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरूले तोडफोड गरेको प्रारम्भिक सोधपुछमा बुझिएको उनले बताए ।

उनले अहिले क्याम्पस पूर्णरुपमा प्रहरीको सुरक्षामा रहेको र अवस्था सामान्य भइसकेको बताए  । विभिन्न बहाना बनाएर मानसिक यातना दिएको भन्दै विद्यार्थीहरूले तोडफोड गरेको परीक्षामा सहभागी अरबाज अन्सारी बताए । क्याम्पस प्रशासनले नियतवश टर्चर दिएको उनको भनाई छ ।

उनले भने,‘क्याम्पभित्र प्रवेश गरिसकेपछि हामीहरूलाई अनुगमन गर्ने निहुँमा उत्तर पुस्तिका खोसिदिने, उभ्याइदिने, सबैको अगाडि नाङ्गो पारिदिने जस्ता शब्द बोल्ने गतिविधि भइरहेको थियो । सुरुको दिनदेखि यस्तो व्यवहार भएपछि आज हामी परीक्षा पश्चात् प्रतिकारमा उत्रेका हौँ ।’ 

सोही क्रममा  ढुङ्गामुढामा तथा तोडफोड भएको उनले बताए । डीएसपी न्यौपानेका अनुसार विद्यार्थीहरूले कलेजको एउटा बस, उच्च माध्यमिक शिक्षा परिषद्को गाडी र ३/४ मोटरसाइकलमा तोडफोड गरेका छन् । साथै फर्निचर तथा केही थान मोनिटर पनि तोडफोड भएको पर्सा प्रहरीले जनाएको छ ।

यता हरिखेतान बहुमुखी क्याम्पसका निमित्त क्याम्पस सञ्चालक किशोरी साहले एनआइ कलेजका परीक्षार्थीहरूले बिना कारण तोडफोड गरेको बताए । कसैको उक्साहटमा परेर परीक्षार्थीहरूले तोडफोड गरेको उनको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप