मृत भेटिइन् भोजपुरी अभिनेत्री
बिहार । भोजपुरी अभिनेत्री अमृता पाण्डेको शव भागलपुरमा फेला परेको छ । आदमपुर क्षेत्रस्थित दिव्यधाम अपार्टमेन्टको फ्ल्याट नम्बर १०४ मा पंखामा साडीको फन्दा बनाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
स्थानीय बासिन्दाको सहयोगमा अभिनेत्रीको परिवारले शवलाई फन्दाबाट निकालेर स्थानीय अस्पतालमा लगेका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका । परिवारका सदस्यले तत्कालै प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै जोगसार थानाको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धानका लागि फरेन्सिक टोली बोलाएको थियो ।
टोली आएर सबै प्रमाण जुटाएर आफूसँगै लगेको बताइएको छ । बिहान १०ः१५ बजे अमृताले ह्वाट्सएपमा स्टेटस पोष्ट गरेको प्रहरीले उनको मोबाइलबाट थाहा पाएको छ । ‘दुईवटा डुंगामा सवार थियो उसको जीवन, मैले डुङ्गा डुबाएर उसको यात्रा सहज बनाइदिए ।’ लेखिएको थियो ।
प्रहरीले यही स्ट्याटसको आधारमा अनुसन्धान गरिरहेको छ । यो हाई प्रोफाइल मामिला भएकोले प्रहरीले उच्च स्तरीय अनुसन्धान गर्ने बताइएको छ । यसका लागि एसपी आनन्द कुमारको निर्देशनमा टोली गठन गरिएको छ । परिवारका सदस्यसँग सोधपुछ भइरहेको छ । यस विषयमा थप कारबाही भइरहेको छ । भोजपुरी फिल्म उद्योगमा आफ्नो स्थान बनाएकी नायिकाको सामाजिक सञ्जालमा पोस्ट गरेपछि रहस्यमय मृत्यु हुनु र लामो समयदेखि डिप्रेसन वाला पोस्ट गरिरहेकी भएपनि परिवारलाई यसबारे कुनै जानकारी नहुनुले प्रश्न खडा गरेको छ ।
अमृताको बिहे २०२२ मा छत्तीसगढको बिलासपुर निवासी चन्द्रमणि झाङ्देसँग भएको थियो । उनी एनिमेसनसम्बन्धी काम गर्थे । विवाहपछि दुवै मुम्बईमा बस्दै आएका थिए । उनी अप्रिल १२ मा जेठी बहिनी वीणा पाण्डेको बिहेमा सहभागी हुन आएकी थिइन् । १८ अप्रिलमा विवाहपछि उनी भागलपुरमा बसिन् । तर, उनका श्रीमान् मुम्बई फर्किए ।
शनिबार पङ्खामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । उनी डिप्रेसनमा रहेको परिवारका सदस्यले बताएका छन् । उनको उपचार भइरहेको थियो । अमृता पाण्डेले चर्चित भोजपुरी अभिनेता खेसरीलाल यादवसँग फिल्म दीवानापनमा काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण