उपनिर्वाचन
सुहाङको अग्रता कायमै, डकेन्द्र पुगे डम्बरको नजिक
सोमबार, १७ वैशाख २०८१, १२ : ४७
काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । २९ हजार १५२ सदर मत मध्ये एमाले उम्मेदवार नेम्वाङले ११ हजार ६१९ मत पाएका छन् ।
यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६ सय ५९ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४ सय ५२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका डकेन्द्र डम्बरभन्दा २०७ मतले मात्र पछाडि छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १५ सय ९६ मत मात्र पाएका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण