टी–२० विश्वकपका लागि दक्षिण अफ्रिकी टोलीको घोषणा
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणका लागि दक्षिण अफ्रिकाले मंगलबार आफ्नो टोलीको घोषणा गरेको छ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने टी–२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ ।
आगामी विश्वकपका लागि टोली घोषणा गर्ने दक्षिण अफ्रिका दोस्रो राष्ट्र हो । यसअघि सोमबार न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा गरेको थियो । दक्षिण अफ्रिकाले एडन मारक्रमको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।
कप्तान मारक्रम हाल भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण खेलिरहेका छन् । आईपीएलमा उनी सनराइजर्स हैदराबादमा आबद्ध छन् । दक्षिण अफ्रिकी टोलीमा तीनजनालाई ‘रिजर्व खेलाडी’ को रुपमा समावेश गरिएको छ ।
जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका अधिकांश खेलाडीलाई टोलीमा स्थान दिइएको छ । तिब्रगतिका बलर जेराल्ड कोट्जीले पनि टोलीमा स्थान पाएका छन् । उनी मुम्बई इन्डियन्सको तर्फबाट आईपीएल खेलिरहेका छन् । उनले यसअघि एकदिवसीय विश्वकप पनि खेलेका थिए ।
दक्षिण अफ्रिकी टोलीमा एडेन मारक्रम (कप्तान), ओट्निल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, ब्योर्न फोर्चुन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जे, कागिसो राबडा, रयान रिकेल्टन, टाबरिज शम्सी र ट्रिस्टन स्टब्स रहेका छन् ।
रिजर्व खेलाडीका रुपमा टोलीमा नान्द्रे बर्गर र लुङ्गी एनगिडीलाई स्थान दिइएको छ । आगामी टी–२० विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंका रहेका छन् । दक्षिण अफ्रिकाले पहिलो खेल जुन ३ तारिखमा श्रीलंकासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण