ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
काठमाडौं । अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा, युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बीचमा, ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको जनाएको छ भने विश्वव्यापी धेरै नेताहरूलाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको छ।
गत १९ अप्रिलमा, स्पेनमा आयोजित उद्घाटन समारोहमा स्पेनका राष्ट्रपति ‘पेड्रो सान्चेज पेरेज-कास्टेजन’को प्रत्यक्ष्य उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्रि प्लान(योजना) सार्वजनिक गरिएको थियो ।
यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयुभि ओमोडा ई५ को स्पेनिस बजारमा सार्वजनिक गरिएसँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।
नेपालमा गत फेब्रुअरीमा OMODA E5 नेपालमा सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी छानबिन प्रकरण : कार्यदलको बैठक सुरु
-
हिंस्रक भर्सेस पीडित : कानुन कसका लागि ?
-
प्रदीपको ‘एक्लो’मा बेलायती स्टार जेमी बेकनले अभिनय गर्ने
-
आफूविरुद्ध पक्राउ पुर्जीको मागपछि नेतान्याहु क्रुद्ध, अमेरिकाको समर्थन
-
सहकारीको समस्या समाधान गर्दा अर्थतन्त्रको हित हुन्छ : अग्रवाल
-
१० महिनादेखि न्याय नपाएको भन्दै सडक अवरुद्ध