ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
काठमाडौं । अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा, युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बीचमा, ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको जनाएको छ भने विश्वव्यापी धेरै नेताहरूलाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको छ।
गत १९ अप्रिलमा, स्पेनमा आयोजित उद्घाटन समारोहमा स्पेनका राष्ट्रपति ‘पेड्रो सान्चेज पेरेज-कास्टेजन’को प्रत्यक्ष्य उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्रि प्लान(योजना) सार्वजनिक गरिएको थियो ।
यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयुभि ओमोडा ई५ को स्पेनिस बजारमा सार्वजनिक गरिएसँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।
नेपालमा गत फेब्रुअरीमा OMODA E5 नेपालमा सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण