लण्डनमा तरबारले आक्रमण गर्ने पक्राउ
लन्डन । लण्डनमा कैयौं मानिसमाथि धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई महानगरीय प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यी आक्रमणकारीलाई उत्तरपूर्वी लन्डनको हेनल्ट क्षेत्रबाट पक्राउ गरेको हो ।
घटनास्थलबाट ३६ वर्षिय आक्रमणकारीलाई समातिएको समाचारमा उल्लेख छ । थर्लाे गार्डेन क्षेत्रको एउटा घरभित्र गाडी छिरेको भन्दै फोनबाट प्रहरीलाई खबर आएको थियो । त्यहाँ मानिसहरूमाथि आक्रमण भएको जानकारी बाहिर आएको थियो ।
घाइतेहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी आएको छैन । घटनास्थलमा आक्रमणकारीले दुई जना प्रहरीलाई पनि निशाना बनाएको बताइएको छ । आक्रमणकारी पक्राउ परिसकेकोले यसबारे चिन्ता नलिन स्थानीयहरूलाई भनिएको छ । यस घटनामा अन्य संदिग्धको खोजी नगरेको बताइएको छ । आक्रमणकारीका केही तस्बिरहरू पनि सार्वजनिक भएको छ । यी तस्वीरमा आक्रमणकारीले तरवारजस्तो धारिलो हतियार बोकेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण