शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लण्डनमा तरबारले आक्रमण गर्ने पक्राउ

मङ्गलबार, १८ वैशाख २०८१, १६ : ०३
मङ्गलबार, १८ वैशाख २०८१

लन्डन । लण्डनमा कैयौं मानिसमाथि धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई महानगरीय प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यी आक्रमणकारीलाई उत्तरपूर्वी लन्डनको हेनल्ट क्षेत्रबाट पक्राउ गरेको हो । 
 घटनास्थलबाट ३६ वर्षिय आक्रमणकारीलाई समातिएको समाचारमा उल्लेख छ । थर्लाे गार्डेन क्षेत्रको एउटा घरभित्र गाडी छिरेको भन्दै फोनबाट प्रहरीलाई खबर आएको थियो । त्यहाँ मानिसहरूमाथि आक्रमण भएको जानकारी बाहिर आएको थियो । 

घाइतेहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी आएको छैन । घटनास्थलमा आक्रमणकारीले दुई जना प्रहरीलाई पनि निशाना बनाएको बताइएको छ । आक्रमणकारी पक्राउ परिसकेकोले यसबारे चिन्ता नलिन स्थानीयहरूलाई भनिएको छ । यस घटनामा अन्य संदिग्धको खोजी नगरेको बताइएको छ । आक्रमणकारीका केही तस्बिरहरू पनि सार्वजनिक भएको छ । यी तस्वीरमा आक्रमणकारीले तरवारजस्तो धारिलो हतियार बोकेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप