सुरु भयो जोली एलएलबी ३ को सुटिङ
नयाँ दिल्ली । अरशद वारसीको फिल्म जोली एलएलबी र अक्षय कुमारको फिल्म जोली एलएलबी २ ले दर्शकहरुबाट अपार माया पायो । मेकरहरू फिल्मको तेस्रो भाग बनाउँदैछन् । यो फिल्ममा अघिल्ला दुवै फिल्मका लिड स्टार देखिनेछन् ।
मिडिया रिपोर्टका अनुसार अरशद वारसीले राजस्थानको अजमेरमा फिल्मको सुटिङ सुरु गरिसकेका छन् । चलचित्रको छायांकन अप्रिल २९ बाट सुरु भएको बताइएको छ । यसैबिच अक्षयले भने मे २ बाट अजमेरमा सुटिङ सुरु गर्ने खबर आइरहेको छ ।
यसअघि पनि अक्षय र अरशदले धेरै फिल्ममा सँगै काम गरिसकेका छन् । सबैभन्दा पहिले सन् २००२ मा जानी दुश्मनः एक अनोखी कहानीमा उनीहरू साथै काम गरेका थिए । त्यसपछि सन् २०२२ मा बच्चन पाण्डेमा पनि यिनीहरू सँगै देखिएका थिए । यतिबेला वेलकम टु द जंगलमा पनि दुवैले काम गरिरहेका छन् ।
फिल्मको अर्को शेड्यूल चाँहि दिल्लीमा छ । जुनबाट दिल्लीमा ३० देखि ४० दिनसम्म सुटिङ चल्ने छ । तीस हजारी अदालत क्षेत्र नजिकै फिल्मको धमाधम सुटिङ भइरहेको छ ।
वर्कफ्रन्टको कुरा गर्दा हालै अक्षयको फिल्म बडे मियाँ छोटे मियाँ रिलिज भएको थियो । फिल्ममा टाइगर श्राफ र पृथ्वीराज सुकुमारनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, फिल्मले बक्स अफिसमा सोचे अनुसारको व्यापार गर्न सकेन । अक्षय चाँडै स्काई फोर्स र सोरारई पोट्टरुको हिन्दी रिमेकमा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण