शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डढेलो बस्तीमा पस्दा सल्यानमा घरगोठ जलेर नष्ट

बिहीबार, २० वैशाख २०८१, ०९ : ४६
बिहीबार, २० वैशाख २०८१

सुर्खेत । सल्यानको छत्रेश्वरी गाउँपालिका–५, मा जंगलमा लागेको आगो हावाहुरीका कारण गाउँमा पस्दा ८ वटा घरगोठ जलेर नष्ट भएका छन् ।  बुधबार दिउँसो महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको आगो एक्कासि गाउँमा पुगेको थियो ।

प्रहरीका अनुसार ५ दियार गाउँमा ५ घर र ३ गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् । सल्यान प्रहरीका अनुसार दियारगाउँका स्थानीय थल बहादुर घर्तीको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरू जली पूर्ण रूपमा नष्ट भएको छ । 

यस्तै सोही ठाउँका स्थानीय धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् । जिल्लाका अरू वन क्षेत्रमा लागेको आगो पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप