डढेलो बस्तीमा पस्दा सल्यानमा घरगोठ जलेर नष्ट
बिहीबार, २० वैशाख २०८१, ०९ : ४६
सुर्खेत । सल्यानको छत्रेश्वरी गाउँपालिका–५, मा जंगलमा लागेको आगो हावाहुरीका कारण गाउँमा पस्दा ८ वटा घरगोठ जलेर नष्ट भएका छन् । बुधबार दिउँसो महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको आगो एक्कासि गाउँमा पुगेको थियो ।
प्रहरीका अनुसार ५ दियार गाउँमा ५ घर र ३ गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् । सल्यान प्रहरीका अनुसार दियारगाउँका स्थानीय थल बहादुर घर्तीको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरू जली पूर्ण रूपमा नष्ट भएको छ ।
यस्तै सोही ठाउँका स्थानीय धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् । जिल्लाका अरू वन क्षेत्रमा लागेको आगो पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण