सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

छात्रामाथि गोली प्रहार गर्ने अझै पक्राउ परेनन्

शुक्रबार, २१ वैशाख २०८१, १८ : २४
शुक्रबार, २१ वैशाख २०८१

विराटनगर । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार गर्नेको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार गोली लागेकी छात्राको अवस्था भने खतरामुक्त छ । गोली प्रहार भएको घटनाको विषयमा अनुसन्धान भइरहेको चन्दले जानकारी दिए । 

शुक्रबार बिहान १० बजेतिर छात्रा एनिका गजमेरमाथि दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकबाट कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा गोली प्रहार भएको थियो । उनको पेटमा गोली लागेको थियो । उक्त गोली भने दमकस्थि लाइफ लाइन अस्पतालका चिकित्सकले निकालेका छन् । छात्राको आफन्तले भने गोली प्रहार गर्ने सिरहाका अमितकुमार यादव रहेको दाबी गरेका छन् । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप