विशेषज्ञबाट भीमाको पोष्ट मार्टम गर्न अदालतको आदेश
सुर्खेत । गत चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको शव विशेषज्ञबाट परीक्षण गराउन जिल्ला अदालत सुर्खेतले आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालत सुर्खेतले निवेदनमा उठाइएको विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई हेर्दा शव परीक्षण फरेन्सिक मेडिसिनका विशेषज्ञबाट यथाशीघ्र गर्नु उचित देखिएको बताएको हो ।
भीमाका ससुरा धन मगरले अन्तरकालिन आदेश माग गर्दै जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डाक्टर ललितजंग शाही लगायतलाई विपक्षी बनाइएको थियो ।
पीडित परिवारको तर्फबाट अधिवक्ता शेरबहादुर खत्री, उपेन्द्र कुमार रावतले बहस गरेका थिए भने अस्पतालको तर्फबाट मुख्य न्यायधिवक्ताको कार्यालयका सहायक न्यायधिवक्ता कमल प्रसाद कोइरालाले बहस गरेका थिए ।
डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडित परिवारले उचित क्षतिपूर्तिको माग गरिरहेका छन् । भीमाको शव अस्पतालको शव गृहमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण