जनतालाई आशा भरोसा जगाउने १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेको बताएका छन् । शनिवार काठमाडौँमा भएको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बजेट सिलिङ बनिसकेको र त्यसको तयारीमा लागिपरेको बताएका छन् ।
बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री प्रचण्डले जनतालाई आशा भरोसा जगाउने खालको बजेट ल्याउने तयारी गरेको जानकारी गराएका छन् । दलका सांसदहरूलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘बजेटको सिलिङ बनिसकेको त छ तर सिलिङ केही बढ्छ, अहिले त्यसको तयारी भइरहेको छ ।
१८ खर्बको बजेट ल्याउने निश्चित भए पनि त्यसमा थप एक खर्ब बढ्न सक्छ । जनतालाई आशा र भरोसा बढाउने लोकप्रिय बजेट बनाउनका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’ उनले बजेट निर्माण गर्दा कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिनका लागि पनि आफूले निर्देशन दिएको जानकारी गराएका छन् । साथै दलका सांसदहरूलाई नीति तथा कार्यक्रम र बजेट रचनात्मक, प्रभावकारी बनाउनका लागि सुझाव समेत मागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण