शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २२ घाइते

शनिबार, २२ वैशाख २०८१, १३ : २८
शनिबार, २२ वैशाख २०८१

इस्लामवाद । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तान (जीबी) क्षेत्रको दियामिर जिल्लामा शुक्रबार यात्रुवाहक बस खोलामा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिबी मुख्यमन्त्रीका प्रवक्ता फैजुल्लाह फाराकले दुर्घटनाग्रस्त बस यशु खेल दास क्षेत्रमा मोड लिने क्रममा खोलामा खसेको हो । 

प्रहरी र उद्धार टोलीले घटनास्थलमा पुगेर बालबालिका र महिलासहित १५ शव र २२ जना घाइतेलाई नजिकैको अस्पतालमा सारिएको जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको र केही यात्रु अझै बसमा फसेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीले आशङ्का गरेका छन् । 

प्रवक्ताले बस देशको पूर्वी ग्यारिसन शहर रावलपिंडीबाट हुनजा जिल्लातर्फ गइरहेको थियो । तीव्र गतिका कारण मोडमा बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप