पाकिस्तानमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २२ घाइते
शनिबार, २२ वैशाख २०८१, १३ : २८
इस्लामवाद । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तान (जीबी) क्षेत्रको दियामिर जिल्लामा शुक्रबार यात्रुवाहक बस खोलामा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिबी मुख्यमन्त्रीका प्रवक्ता फैजुल्लाह फाराकले दुर्घटनाग्रस्त बस यशु खेल दास क्षेत्रमा मोड लिने क्रममा खोलामा खसेको हो ।
प्रहरी र उद्धार टोलीले घटनास्थलमा पुगेर बालबालिका र महिलासहित १५ शव र २२ जना घाइतेलाई नजिकैको अस्पतालमा सारिएको जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको र केही यात्रु अझै बसमा फसेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीले आशङ्का गरेका छन् ।
प्रवक्ताले बस देशको पूर्वी ग्यारिसन शहर रावलपिंडीबाट हुनजा जिल्लातर्फ गइरहेको थियो । तीव्र गतिका कारण मोडमा बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण